काठमाडौं–युरोपा लिगअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा आर्सनल र एथ्लेटिको मड्रिडले एक(एकको बराबरी खेल्दै अंक बाँडेका छन् ।


ADVERTISEMENT


आर्सनलले १० खेलाडीमा सीमित एथ्लेटिको विरुद्ध एक गोलको अग्रता जोगाउन नसक्दा अंक बाँड्न बाध्य भयो ।


ADVERTISEMENT

# # #


सिमे भिरसाल्को १० मिनेटमै दोहोरो पहेंलो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि एथ्लेटिको १० खेलाडीमा सीमित भएको थियो । तर, त्यसको फाइदा लिन आर्सनलले सकेन र पहिलो हाफ बराबरीमा सकियो । दोस्रो हाफमा भने दुवै तर्फबाट एक–एक गोल भयो ।

६१ औं मिनेटमा एलेक्सान्ड्र लाकाजेट्रीले आर्सनललाई अग्रता दिलाएका थिए । तर, एन्टोनी ग्रिजमनले ८२ औं मिनेटमा एथलेटिकोका लागि बराबरी गोल फर्काए ।

अब दोस्रो लेग आउँदो बिहीबार एथ्लेटिकोको मैदानमा हुनेछ । यो खेल आर्सनलका लागि युरोपा लिगको फाइनलमा पुग्ने अन्तिम मौका हुनेछ ।