काठमाडौं–इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदरावादले किंग्स इलाभेन पन्जाबलाई १३ रनले हराएको छ । राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले व्याटिङ गरेको हैदरावादलाई पन्जाबले ६ विकेटको क्षतिमा १३२ रनमा रोकेको थियो । तर, १३३ रनको सहज लक्ष्य पनि पन्जाबले भेटाउन सकेन । जवाफी व्याटिङमा उत्रिएको पन्जाब १९ ओभर २ बलमा अलआउट हुँदै ११९ रनमात्र बनाउन सक्यो ।


ADVERTISEMENT


हैदरावादका लागि राशिद खानले तीन विकेट लिए । शाकिब अल हसन, बसिल थम्पी र सन्दिप शर्माले दुईÞ–दुई विकेट लिए । पन्जाबका लागि लोकेश राहुलले ३२ र क्रिस गेलले २३ रन बनाउँदै पहिलो विकेटका लागि ५५ रनको साझेदारी गरे । राशिद खानको पहिलो शिकार लोकेश राहुल भए । हैदरावादविरुद्ध अघिल्लो खेलमा शतक प्रहार गरेका क्रिस गेल थम्पीको शिकार बने । कुल स्कोर ५७ रन हुँदा गेल पनि आउट भए । कप्तान रविचन्द्रन आश्विनले चार रन मात्र बनाउन सके ।


ADVERTISEMENT

# # #


यसअघि पहिले व्याटिङ गरेको हैदरावादका लागि मनिस पाण्डेले ५४ रनको योगदान गरे । शकिब अल हसनले २८, युसुफ पठानले २१ र शिखर धवनले ११ र रन बनाए ।

बलिङतर्फ पन्जाबका अंकित राजपुतले पाँच विकेट झारे । एक विकेट मुजिव उर रहमानको नाममा रह्यो ।

७ मध्ये ५ खेल जितेको हैदरावाद १० अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । ६ खेलमा समान १० अंक नै बटुलेको चेन्नाई शीर्ष स्थानमा छ । ७ खेल खेलेको पञ्जाबको पनि समान १० अंक भए पनि उ तेश्रो स्थानमा छ ।