गुल्मी– संघीय सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जनताको समृद्धि र राष्ट्र हितका लागि सरकार जस्तोसुकै चुनौतीको पनि सामना गर्न तयार रहेको बताएका छन् ।


ADVERTISEMENT


बिहीबार गुल्मीको रिडीमा कालिगण्डकी कोरिडोर सडकको १० मिटर चौडा पार्ने कामको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले यस्तो बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले भने,‘अहिलेको सरकारले जनताको समृद्धि र राष्ट्र हितका लागि अरिङ्गालको गोलामा हात हालिसकेको र केहि अरिङ्गालहरु भुरुङ–भुरुङ गर्न थालेको छन् । ती सवैको सामना गर्न सरकार तयार छ ।’

हालै चीन भ्रमणबाट फर्किएका मन्त्री ज्ञवालीले चीनसँग रेल मार्ग , भारत जोड्ने कालिगण्डकी कोरिडोर लगायतका विकास निमार्णमा सहयोग गर्न समकक्षीसँग आग्रह गरेको बताए । नेपाली सेनाले २०६९ सालबाट सुरु गरेको कालिगण्डकी कोरिडोर सडक खण्ड अन्तरगर्त रिडीदेखि वाग्लुङ्गको सिमना पालुङ्ग खोलासम्म ४२ किलो मिटर औसतमा ८ मिट चौडा सडक सम्पन्न गरिसकेको छ ।

यस्तै वाग्लुङ्गको मालढुङ्गा टाकुर पालुङ्ग खोलासम्म ३८ किलोमिटरसहित ८० किलोमिटर र औसत ८ मिटर चौडा सडक सम्पन्न भई जम्मा १ सय ७४ किमी जोमसोमसम्म यातायात सुरु भसकेको छ ।

मन्त्री ज्ञवालीले उक्त सडकमा सेनाले देखाएको सक्रियाप्रति धन्यवाद दिदै कालोपत्रेका लागि सडक विभागलाई बुझाउन आग्रह गरे । १० मिटर चौडा पार्न वाग्लुङ्गतर्फ २५ करोड र गुल्मीतर्फ ३५ करोड विनियोजित मध्ये गुल्मीतर्फ यस वर्ष १० करोड वरावरको काम सेनाले सम्पन्न गर्ने जनाएको छ ।