काठमाडौं  – ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा जोडेर अनुसन्धानका लागि पक्राउ गरिएका मकवानपुर प्रहरीका एसपी विकासराज खनालसहित दुईजना सइविरुद्ध संगठित अपराध र कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालय मोरङले एसपी खनाल, सई बालकृष्ण सञ्जेल र गजेन्द्र रावलमाथी जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो । माघ ७ गते युएईबाट आएको ३३ केजी सुनका मालिक गोरे भनिने चुडामणि उप्रेतीसँग प्रहरी अधिकारीको सम्बन्ध रहेको देखिएपछि उनीहरु पक्राउ परेका थिए ।


ADVERTISEMENT

# # #


यहि प्रकरणमा आइतबार पक्राउ परेका पूर्वडीआईजी गोविन्द निरौलामाथी पनि संगठित अपराध र कर्तव्य ज्यान अन्तरगत मुद्दा चलाइएको छ । ३३ किलो सुन प्रकरणमा गोरेका लेखापाल सनम शाक्यको हत्या भएको थियो । ३३ किलो सुन प्रकरणमै महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमख एसएसपी दिवेश लोहनी, डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेल हेडक्वार्टर तानिएका थिए ।

३३ किलो सुन हराएपछि हत्याको रुप लिँदै जाँदा गृह मन्त्रालयले सह–सचिव ईश्वर पौडेल नेतृत्वको छानवीन समिति गठन गरेको थियो । घटनामा हालसम्म २२ जना पक्राउ परेका छन भने गोरेसहित २१ जना फरार छन् ।