काठमाडौं–चीनले नेपाल समक्ष त्रिदेशीय अवधारणाको प्रस्ताव राखेको बताएका छन् । साताव्यापी चीन भ्रमण सकेर सनिबार स्वदेश फर्किएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनका विदेशमन्त्री वाङ यीेले त्रिदेशी सम्बन्धबाट नेपालले लाभ उठाउन प्रस्ताव गरेको बताए ।


ADVERTISEMENT


त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री ज्ञवालीले चीनले राखेको त्रिदेशीय अवधारणाको प्रस्तावलाई आफुहरुले सकारात्मक रुपमा लिएको पनि बताए ।


ADVERTISEMENT

# # #


परराष्ट्रमन्त्री ज्ञवालीले चर्चामा आएजस्तो प्रधानमन्त्रीको भ्रमणको तयारीका लागि मात्रै आफ्नो चीन भ्रमण नभएको स्पष्ट पारे । नेपालमा नया सरकार गठनको नया परिस्थितिमा दुई देशीय सम्बन्ध प्रगाढ बनाउदै सहयोगका लागि नया क्षेत्र खोज्ने सन्र्दभमा भ्रमण केन्द्रीत भएको उनले बताए ।

भ्रमणका क्रममा आफुले केरुङ –काठमाण्डौ, काठमाण्डौ –पोखरा हुदै लुम्बिनी जोड्ने सीमा वारपार रेलमार्ग चीन विशेष प्राथमिकता दिई बनाईदिओस् भन्ने प्रस्ताव गरेको उनले बताए ।

उनले रसुवागढी– केरुङ र तातोपानी झाङमु नाकाहरुको स्तरोन्नती तथा भुकम्प पछि अवरुद्ध बनेको तातोपानी नाका संचालन सम्बन्धमा पनि कुराकानी भएको उल्लेख गर्दै छिट्टै संञ्चालनमा आउनेमा आफु विश्वस्त भएको बताए ।

परराष्ट्रमन्त्री ज्ञवाली चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि बैशाख ३ गते त्यस तर्फ प्रस्थान गरेका छन् ।