काठमाडौं–सरकारले वैदेशिक रोजगारीका लागि जाने व्यक्तिका लागि न्यूनतम एकहप्ते सीपमुलक तालिम लिएको हुनुपर्ने बाध्यकारी व्यवस्था गर्ने तयारी गरेको छ ।


ADVERTISEMENT


तालिम र सीपबिना नै वैदेशिक रोजगारीमा जाँदा कमाइ पनि राम्रो नहुने, कामको सिलसिलामा जोखिम बढी हुने कुरालाई ध्यानमा राख्दै सरकारले तालिम अनिवार्य गर्ने गरी कार्यविधि कार्यान्वयनमा ल्याउन लागेको हो ।


ADVERTISEMENT

# # #


वैदेशिक रोजागारमूलक सीप विकास तालिम सञ्चालन कार्यविधि–२०७४ भर्खर मन्त्रालयबाट पारित भई कार्यान्वयनमा आएको छ ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले कार्यविधिअनुसार अबको एक वर्षभित्र अनिवार्य रुपमा तालिम लिएकालाई मात्रै वैदेशक रोजगारीमा जान श्रम स्वीकृति दिने गरी तयारी थालिएको जानकारी दिए ।

उनका अनुसार, कार्यविधिमा एक महिना वा सोभन्दा कम समयको तालिम, एक महिनाभन्दा बढीको तालिम, तीन महिनाभन्दा कम समयको तालिम र तीन महिनाभन्दा बढी समयको लामो अवधिको गरी तीन तहको तालिमको व्यवस्था गरिएको छ ।