बिर्तामोड–रक्तचन्दन तस्करीमा संलग्न अभियुक्तसँग नाम मिल्दा झापा मेचीनगरका एक व्यक्ति जेल परेका छन् । जिल्ला अदालतले सोमबार जेल सजायको फैसला सुनाएपछि मेचीनगर वडा नं ६ का ३५ वर्षीय श्याम थापा जेल चलान भएको उनको परिवारले जनाएको छ ।


ADVERTISEMENT


थापा निर्दोष रहेको दावी परिवारजनले गरेका छन् । अदालतले उनलाई ६ महिना कैद र २६ लाख ९९ हजार जरिवाना तोकेको छ ।


ADVERTISEMENT

# # #


उनका दाजु केदारले रक्तचन्दन तस्करीबारे जानकारी नै नभएको व्यक्तिलाई हचुवाका भरमा पक्राउ गरी जेल पठाइएको गुनासो गरे ।

रक्तचन्दन तस्करीको घटनामा मेचीनगर १० निवासरी श्याम थापालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता भएको थियो । केदारका अनुसार घटना हुँदा उनका भाइ वैदेशिक रोजगारीका लागि कतारमा थिए ।

विदेशबाट फर्किएपछि ट्याम्पो चलाएर जीविका चलाउँदै आएका उनलाई चैत ३० गते काँकडभिट्टा बजार क्षेत्रबाट प्रहरीले पक्राउ गरेको थियो । रक्त चन्दन तस्करीमा संलग्न थापा भने वैदेशिक रोजगारीमा रहेको स्थानीयले बताएका छन् । – आजको अन्नपूर्ण पोस्टबाट