काठमाडौं–प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका बेला प्रतिबन्धित भारु पाँच सय र एक हजारका नोट सटहीको विषयलाई नेपाली पक्षले नै औपचारिक रुपमा उठाउन नसक्दा सर्वसाधारण र बैंकहरुमा रहेको रकम यत्तिकै थन्किएको छ ।


ADVERTISEMENT


प्रम ओलीको भारत भ्रमणका बेला करिब डेढ वर्षदेखि थाती रहेको भारु सटहीको विषयले निकास पाउने अपेक्षा गरिएको थियो । यसअघि भारत भ्रमणमा जानुअघि संसदमा सम्बोधन गर्ने क्रममा प्रम ओलीले भारु सटहीको विषय उठाउने दावी पनि गरेका थिए । प्रमको भ्रमणमा समेत भारु सटहीको विषयले निकास नपाउँदा सरकारी प्रणालीमा रहेको करिब ५ करोड भारु प्रयोजनविहीन बनेको छ ।


ADVERTISEMENT

# # #


भारतका अर्थमन्त्री अरुण जेटली बिरामी भएका कारण यो विषयमाथि छलफल नभएको सरकारी अधिकारीहरुले दावी गरेका छन् । – आजको कान्तिपुरबाट