न्युयोर्क–प्रख्यात नेपाली रेष्टुरेन्टको रुपमा परिचित बाजेको सेकुवाको पहिलो अन्तराष्ट्रिय शाखा अमेरिकाको न्युयोर्क स्थित क्विन्स, सन्निसाईडमा हालै सञ्चालनमा आएको छ ।


ADVERTISEMENT


सञ्चालनको पहिलो दिन नेपालका चर्चित कलाकारहरु रामकृष्ण ढकाल, जगदिश हमाल, गीता बुर्लाकोटी लगायत डिजेहरुले विशेष कार्यक्रम सहित मनोरञ्जन दिलाए ।


ADVERTISEMENT

# # #


यसै क्रममा बाजेको सेकुवाको एक नेपाली लगानीकर्ता दीपक भण्डारीले नेपाल र नेपाली खानाको निकट हुन पाएकोमा खुशी व्यक्त गरे ।

यस्तै बाजेको सेकुवाको अध्यक्ष चेतनाथ भण्डारीले आफ्नो ब्राण्डलाई अन्तराष्ट्रियकरण गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिए ।