काठमाडौं–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाली नयाँ वर्ष २०७५ को शुभकामना व्यक्त गरेका छन् । वासिंगटन डीसी राज्यका कार्यकारी सचिव जोन जे सुलिभनले राष्ट्रपति ट्रम्प र अमेरिकी जनताको तर्फबाट बिहीबार एक विज्ञप्ति जारी गर्दै विश्वभर रहेका नेपालीलाई नयाँ वर्षको शुभकामना व्यक्त गरेका हुन् ।


ADVERTISEMENT


‘शान्ति प्रक्रियाको चरणमा नेपालले हासिल गरेका उपलब्धिहरु सेलिब्रेट गर्ने अवसर नेपाली नयाँ वर्षले दिनु हाम्रा लागि खुसीको कुरा हो,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाली नयाँ वर्षले नेपालको समृद्धिसँगै सम्बन्धलाई थप गहिराइमा पुर्‍याउने विश्वास लिएका छौं ।’


ADVERTISEMENT

# # #


नेपाली नयाँ वर्ष २०७५ शनिबारबाट सुरु हुँदैछ ।