काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले राजनीतिको लागि राजनीति गरेको नभई औद्योगिकीरण र आधुनिकीकरणका लागि राजनीति गरेको बताएका छन् ।


ADVERTISEMENT


उद्योग वाणिज्य दिवस तथा उद्योग वाणिज्य महासंघको ५१ औ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो राजनीति विकासको लागि भएको दाबी गरे ।


ADVERTISEMENT

# # #


उनले आफुलेनै रेल भित्र्याउने तर आउँदा भरी र जाँदा रितो हुन नहुने बताए । उनले भने,‘उताबाट आउँदा भरी हुन्छ, यताबाट जाँदा पनि भरी नै हुनुपर्यो चन्द्रागिरीको केवलकार जस्तो । रेल ल्याउने काम मेरो, रित्तो नपठाउने जिम्मा तपाइँहरुको ।’

उनले विकासका हरेक क्षेत्रमा अत्याधुनिक प्रविधिको प्रयोग गर्दै अघि बढ्ने पनि बताए । ’अहिले मुलक व्यापार घाटामा रहेको रोइलो गरेको सुनिन्छ । यसलाई व्यापार घाटा होइन व्यापार नै भएको छैन भन्नुपर्छ, ९० र १० पनि कहीँ व्यापार घाटा हुन्छ रु यो त व्यापार नै नभएको हो,’ उनले भने ।

अझै पनि मुलुकमा एक तिहाई जनसंख्या निरपेक्ष गरीबीको रेखामुनी रहेको बताउँदै प्रधानमन्त्री ओलीले अब विकासका लागि कुनै पनि बहाना क्षम्य नहुने उल्लेख गरे । उनले भने, ‘३ वर्ष भित्रमा विकासशील देशमा स्तरोन्नती हुनुपर्नेछ त्यसका लागि सबैतर्फबाट पहल हुनुपर्छ ।’

कार्यक्रममा उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले नीजि क्षेत्रले अन्र्तराष्ट्रिय स्तरसँग प्रतिस्पर्धा गरेर अगाडी बढ्नुपर्ने भएकाले केही कानुन तत्काल संसोधन गर्न माग गरिन् । उनले कालो बजारी ऐन, भूमि सुधार ऐन, वन ऐन, वातावरण ऐन लगायतका ऐनहरुलाई चाँडै संशोधन गर्नुपर्नेमा जोड दिइन् ।

यता बैंकमा बढ्दो लगानी योग्य रकमको अभावले व्यवसायीहरु चरम मारमा परेको अवगत गराउँदै उनले भनिन, ‘महिनामै पटक—पटक बढेको ब्याजदरले उद्यम व्यवसायलाई त असर पर्यो नै, स्वयम् बैंकलाई पनि असर गरेको छ । अबदेखि यस्तो वातावरण नबनाउन ब्याजदरको सुनिश्चिततातर्फ सरकारको ध्यान जानुपर्छ ।’

महासंघले उर्जाको विकास, एकद्धार प्रणाली, पूराना ऐन कानुनको संशोधन तथा खारेजी, निर्यात प्रबद्र्धन तथा आयात प्रतिस्थापन, ब्याजदरमा सुनिश्चितता, समृद्ध अभियानको दश (२०७५—८५), दोहोरो कर तिर्नु नपर्ने सुनिश्चितता लगायतको माग गरेको छ ।