काठमाडौं–सिटिइभिटिलाई घुडा टेकाउदै विद्यार्थी संगठनले पीडित विद्यार्थीहरुलार्इ न्याय दिलाएका छन् ।  सिटिईभिटि बाट सम्बन्धन प्राप्त बनेपाको नेसनल फाउन्डेसन कलेजले सिटिईभिटिको मापदण्ड विपरित गई कर्मचारीहरुको मिलोमतोमा ४० विद्यार्थी कोटाको सट्टामा ८० विद्यार्थी भर्ना गरी अवैध तरिकाले सञ्चालन गरेका थिए ।


ADVERTISEMENT


शैक्षिक सत्र ०७३/०७४ मा CMA र ANM कार्यक्रममा स्विकृत कोटाभन्दा बढि संख्यामा भर्ना गरेको सिटिईभिटिमा विद्यार्थी संगठनहरु अनेरास्ववियु ,अनेरास्ववियु क्रान्तिकारी र नेबिसंघले सयुक्तरुपमा घोर आपत्ती जनाएका थिए । ४० जना पीडित विद्यार्थीहरुको रजिस्टेसन गरि परिक्षाको ब्यवस्था गर्दै नेसनल फाउन्डेसन कलेज लाई कारबाही गरी विद्यार्थीहरुबाट लिएको पैसा फिर्ता गर्नको लागि दबाब दिदै आएका थिए ।


ADVERTISEMENT

# # #


संयुक्त बिद्यार्थी संगठनको दवाब पश्चात उक्त टोली र्वाताको लागी सहमत भएको हो । प्र. शि तथा ब्या. ता परिषदको र्वाता टोली र संघ संगठनहरु एवम् बिद्यार्थीहरुले र्वाता गरी यस्तो सहमति गरेको जानकारी रमेश सिहँ ठकुरीले हिमालय पोष्टलाई  दिएका छन् ।