एजेन्सी – भारतीय अभिनेता अब पाँच वर्ष जेल बस्नुपर्ने भएको छ ।  जोधपुरको विशेष अदालतले २० वर्षअघि कृष्णसार मारेको अभियोगमा ५ वर्षको जेल सजाय र नगद १० हजार भारु जरिवाना तोकेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।


ADVERTISEMENT


सलमानलाई तत्कालै हिरासतमा लिइएको छ । उनलाई सेन्ट्रल जेलमा लगिने छ ।


ADVERTISEMENT

# # #


उनले ३ वर्षसम्मको सजाय पाएको भए धरौटीमा छुट्न सक्ने थिए । तर, सोभन्दा बढिको सजाय भएपछि उनले जेल बस्नुपर्ने भएको छ । यद्यपि उनले सर्वोच्च अदालतमा अपिल गर्न सक्नेछन् ।

अदालतले कृष्णसार शिकार मामिलामा अभिनेता सैफ अली खान तथा अभिनेत्रीहरु  तब्बू, नीलम र सोनाली बेन्द्रेलाई भने निर्दोष ठहर गरेको छ । यी चारैजना सलमानका साथ यही मामिलाका आरोपी थिए । प्रमाण अभावका कारण उनीहरुलाई निर्दोष सावित गरिएको हो ।