काठमाडौँ– धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगितामा लगातार चार खेलमा पराजय भोगेसंगै रुपन्दैही च्यालेन्जर प्रतियोगिताबाटै बाहिरिएको छ ।


ADVERTISEMENT


आज महेन्द्रनगर युनाइटेडसंग ४ विकेटले पराजित भएपछि उसको डीपीएलको उपाधी उचाल्ने सपना समाप्त भएको हो । महेन्द्रनगरले आजको जितपछि प्लेअफमा पुग्ग्ने सम्भावना बाँकी नै छ ।


ADVERTISEMENT

# # #


बिहीबार रुपन्देहीले दिएको १ सय ४५ रनको लक्ष्य महेन्द्रनगरले ७ बल बाँकी छदा ६ विकेटको क्षतिमा पार गर्यो । महेन्द्रनगरको जितमा कप्तान विनोद भण्डारीले उत्कृष्ट प्रदर्शन गरे। उनले ६१ रन जोडे। आउट हुनुअघि ४८ बलको सामना गर्दै उनले ५ चौका र २ छक्का प्रहार गरे। यस्तै पुनित मेहरा पनि १६ रनमा नटआउट रहदा रोहितकुमार पौडेलले नटआउट ७ रन बटुले।

त्यसअघि आसिफ शेख ५ रनमा आउट हुँदा करण केसी खाता नै नखोली पेभिलियन फर्के। पुनित विष्टले ४५ रनको योगदान दिए। उनले २२ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। हरिशंकर साह शून्य रनमा आउट हुँदा आरिफ शेखले ४ रन भन्दा बढी जोड्न सकेनन्।

बलिङतर्फ रुपन्देहीका दीपेश श्रेष्ठले ३ र सुसन भारीले २ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले ८ विकेट गुमाएर १ सय ४४ रन जोड्यो। ओपनिङमा आएका सोनु अन्सारी २ रनमै आउट भएका थिए। अर्का ओपनर प्रदीप ऐरीले ३९ रनको योगदान गरे। उनले ३२ बलमा ५ चौका र १ छक्का हिर्काए। कुशल मल्ल १५ र दीपक प्रसाद १७ रनमा आउट भए।

सागर पुनले १६ बलमा २८ रन जोडेपछि रुपन्देहीको स्कोरले गति लिएको थियो। सागरले १ चौका र ३ छक्का हिर्काए। सुफायन मोहमद ९ र अमरसिंह रटेउला पनि ९ रनमै आउट भए। सुशनी भारी पनि ९ रनमै आउट हुँदा कप्तान शक्ति गौचन ३ रनमा नटआउट रहे।

बलिङतर्फ महेन्द्रनगरका पुनित विष्टले ४ विकेट लिए। उनले ४ ओभरमा केवल १२ रन खर्चिए। भुवन कार्की, पुनित मेहरा, अभिनास कर्ण र करण केसीले समान १–१ विकेट हात पारे।