काठमाडौं–दिल्लीबाट काठमाडौं तस्करीकै लागि प्रयोग भएको अर्को टुरिष्ट बस प्रहरीले नियन्त्रणमा लिएको छ ।


ADVERTISEMENT


बुधबार राति काठमाडौंको नागढुंगाबाट ना ६ ख ६३०२ बस नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले जानकारी दिए ।


ADVERTISEMENT

# # #


गत मंगलबार मात्र प्रहरीले दिल्लीबाट काठमाडौं आएको ना ४ ख ४५१६ नम्बरको बस नियन्त्रणमा लिई खोजतलास गर्दै अवैधरूपमा ल्याएको ११ केजी रक्तचन्दनसहित ठूलो मात्रामा कपडा बरामद गरेको थियो ।