काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी बजेटमा आइटी क्षेत्रलाई उच्च प्राथमिकता दिइने बताएकी छन् ।


ADVERTISEMENT


अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिमा महिला दिवसका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री शर्माले आइटी क्षेत्रलाई नीतिगत र संरचनागतरुपमा बलियो बनाएर समृद्धिको ढोका खोल्न सरकार क्रियाशील रहेको भन्दै आगामी बजेटमा यस क्षेत्रलाई प्राथमिकता दिइने बताएकी हुन् ।


ADVERTISEMENT

# # #


मन्त्री शर्माले सरकारको सुशासनको अभियानलाई अघि बढाउन पनि सूचना प्रविधिको विकास अत्यावश्यक भएको बताइन् । सूचना प्रविधिको विकासमा सरकारले नीतिगत तथा संरचनागत व्यवस्था गरेको भन्दै उनले यस क्षेत्रबाट रोजगारी सिर्जनाका साथै सेवा निर्यात गरेर विदेशी मुद्रा पनि आर्जन भएको बताइन् ।

सूचना प्रविधिका क्षेत्रमा आइपर्ने चुनौती समाधान गर्न सरकारले हालै मात्र साइबर सुरक्षा केन्द्र स्थापना गरेको उनले जानकारी दिइन् ।