काठमाडौँ– सोह्र वर्षमुनिको एएफसी च्याम्पियनसिपको छनोट खेलमा नेपाल र भारत एउटै समूहमा परेका छन् ।


ADVERTISEMENT


मलेसियाको राजधानी क्वालालम्पुरमा आज सार्वजनिक गरिएको ड्रमा नेपाल कठिन समूहमा परेको छ । ४५ राष्ट्र सम्मिलित उक्त च्याम्पियनसिपमा सहभागी टोलीलाई विभिन्न १० वटा समूहमा विभाजन गरिएको छ । नेपालको समूहमा डिफेन्डिङ च्याम्पियन इराक र प्यालेष्टाइन रहेका छन् ।


ADVERTISEMENT

# # #


त्यस्तै समूह ‘ए’मा उज्वेकिस्तान, साउदी अरब, जोर्डन, बहराइन र श्रीलङ्का छन् भने समूह ‘बी’मा ओमन, ताजकिस्तान, सिरिया, तुर्कमिनिस्तान र माल्दिभ्स छन् । त्यसैगरी समूह ‘सि’मा इरान, अफगानिस्तान, लेबनान, किर्गिस्तान र भुटान रहेका छन् ।

यस्तै समूह ‘इ’मा संयुक्त अरब इमिरेट्स (युएई), यमन, कतार र बङ्गलादेश छन् भने समूह ‘एफ’मा उत्तर कोरिया, हङ्कङ, चाइनिज ताइपे, मकाउ र ब्रुनाई छन् । समूह ‘जि’ मा थाइल्यान्ड, लाओस, टिमोर लिस्टे, मारियाना आइल्यान्ड र इन्डोनेसिया छन् ।

यस्तै समूह ‘एच’मा दक्षिण कोरिया, चीन, म्यानमार र फिलिपिन्स छन् भने समूह ‘आई’मा भियतनाम, अष्ट्रेलिया, मङ्गोलिया र कम्बोडिया छन् । समूह ‘जे’ मा जापान, मलेसिया, गाम र सिङ्गापुर रहेका छन् । प्रत्येक समूहका विजेता र उपविजेता टोली अघिल्लो चरणमा प्रवेश गर्नेछन् । छनोट खेल आगामी सेप्टेम्बर १६ तारिखदेखि २४ तारिखसम्म हुनेछ ।