काठमाडौं – नेपालबाट ४ दशकअघि अघि हराएका ऐतिहासिक दुई मूर्तिहरु बुधबार नेपाल ल्याइएको छ । अमेरिकाको मेट्रोपोलिसन म्युजियमबाट अमेरिकास्थित महावाणिज्यदूत मधु मरासिनीको विशेष सहयोगमा मूर्तीहरु बुधबार ल्याइएको हो ।


ADVERTISEMENT


पुरातत्व विभागका अनुसार दुवै मूर्ति ११ औं, १२ औं शताब्दीको समयमा निर्माण भएका हुन् । बुद्धको मूर्ति सन् १९८६ मा काठमाडौंको याट्खाबाट चोरी भएको थियो भने १९८० मा उमा महेश्वरको मूर्ति ललितपुरको पाटनस्थित टंगालहिटीबाट चोरी भएको विभागले जनाएको छ ।
विभागका महानिर्देशक भेषनारायण दाहाल र अमेरिकास्थित महावाणिज्यदूत मरासिनीले बुधबार विभागमा पत्रकार सम्मेलन आयोजना गरेर उक्त दुई मुर्तिहरु सार्वजनिक गरे ।


ADVERTISEMENT

# # #


पुरातत्व विभागको अभिलेखअनुसार नेपालका सांस्कृतिक र पुरातात्विक क्षेत्रबाट वार्षिक ७ देखि १० वटा अमूल्य पुरातात्विक कलाकृति हराउने गरेको महानिर्देशक दाहालले बताए ।

द्वन्द्वकाल, राजनीतिक संक्रमणकाल, महाभूकम्पका समयमा नेपालबाट बहुमूल्य पुरातत्वि संरचना र कलाकृति हराउने गरेको विभागको भनाइ छ