काठमाडौं–प्रतिनिधिसभा बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७४ पेश हुँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गरिसकेपछि अध्यादेश स्वीकृतिका लागि प्रस्ताव पेश हुनेछ ।


ADVERTISEMENT


मंगलबार दिउँसो १ बजे बस्ने बैठकमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


सरकारले डा. गोविन्द केसीका माग सम्बोधन गर्न भन्दै चिकित्सा शिक्षा अध्यादेश ल्याएको थियो । अध्यादेशमा काठमाडौं उपत्यकामा १० वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न नपाउने लगायतका विषयहरु उल्लेख छन् ।

सो अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले गत कात्तिक २४ गते स्वीकृत गरेकी थिइन् । अध्यादेशलाई संसद बैठक सुरु भएको ६० दिनभित्र संसदले पास गरी प्रतिस्थापन विधेयक ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ ।

शिक्षामन्त्री पोखरेलले अध्यादेश स्वीकृतिका लागि पेश गर्नुअघि सांसद प्रेम सुवालको अस्वीकार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश हुने छ ।

यसैगरी गृहमन्त्री ‘रामबहादुर थापा ‘बादल’ले राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश २०७४ लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव पनि पेश गर्ने कार्यसूची छ ।