काठमाडौं–पाँच नं प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले गाउँमा दिएको सिंहदरबारको अधिकार गाउँमै रहने बताएका छन् ।


ADVERTISEMENT


जो यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा उनले बर्दियाको राष्ट्रिय गौरवको योजना भेरी डाइभर्सन बनाएर कृषिमा आधुनिकीकरण गरिने बताए । मुख्यमन्त्रीले प्रदेश सरकारले हुलाकी सडक चार लेनको बनाउने पहल गरिरहेको बताए ।


ADVERTISEMENT

# # #


उनले जनतालाई प्रभावकारी सेवा दिन जनप्रतिनिधिलाई अनुरोध समेत गरे ।

कार्यक्रममा संघीय सांसद सञ्जय गौतम, प्रदेश नं ५ को उपसभामुख थारू, प्रदेश सांसद दीपेश थारु तथा अन्य सांसदहरु आठवटै तहका स्थानीय प्रमुख, उपप्रमुख, वडाअध्यक्ष, राजनीतिक दलका प्रतिनिधि, जिल्लास्तरीय सरोकारवाला अन्य निकाय लगायतको सहभागिता थियो ।