काठमाडौं–प्रदेश र स्थानीय तहमा खटिएका झण्डै एक हजार कर्मचारी कार्यक्षेत्र नपुगी सम्पर्कविहीन भएका छन् । बारम्बार ताकेता गरेपछि केन्द्र छाडेका उनीहरु सरुवा भएको ठाउँ नपुग्दै बाटोमै हराउन थालेका छन् ।


ADVERTISEMENT


संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका अनुसार कम्तीमा एक हजार कर्मचारी कार्य क्षेत्र पुगेका छैनन् । अहिलेसम्म प्रदेश र स्थानीय तहमा कति कर्मचारी खटिए भन्ने तथ्यांक मन्त्रालयसँग छैन ।


ADVERTISEMENT

# # #


स्थानीय विकास र समान्य प्रशासन समायोजनबाट संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय बनाइएयता कर्मचारी सरुवाको सूचीसमेत सार्वजनिक गरिएको छैन । मन्त्रालयले गत पुसदेखि फागुन १७ सम्म ७ वटै प्रदेशका मन्त्रालयका लागि १ हजार १ सय ४३ कर्मचारी सरुवा गरेको थियो ।

ती मध्ये २ सय ४१ कर्मचारी अझै प्रदेशका मन्त्रालयमा हाजिर भएका छैनन् । तथ्यांकअनुासर ८ सय ८१ कर्मचारी मात्रै सरकारको सम्पर्कमा पुगेर हाजिर भएको देखिन्छ ।–आजको कान्तिपुरबाट