काठमाडौं–नवलपरासी(पूर्व)को कावासोती नगरपालिका–१ र वेदचुली नगरपालिका–९ जोड्नेगरी निर्माण भइरहेको पुलबाट जनप्रतिनिधिकै संलग्नतामा सिमेन्ट चोरी भएको छ।


ADVERTISEMENT


निर्माणाधीन लोकाहा भोरीखोला फूलका लागि ल्याइएको सिमेन्ट वडाध्यक्षको संलग्नतामा चोरी भएको स्थानियवासीको आरोप छ । पुल निर्माका लागि राखिएको ९० बोरा सिमेन्ट कावासोती नगरपालिका–१ का अध्यक्ष नारायण पन्तको संलग्नतामा निर्माणस्थलमा खटिएका सुपरभाइजर गोपाल थापासहितको व्यक्तिले चोरेको स्थानियको आरोप छ । सिमेन्ट चोरी भएपछि पुल निर्माण प्रभावित भएको छ ।


ADVERTISEMENT

# # #


ची गरेको सिमेन्ट स्थानिय कमल भूसालको घरमा फेला परेको छ । सिमेन्ट वडाध्यक्ष पनत्रके वडास्थित रिट्ठेपानीमा निर्माण हुन लागेको बाटोको प्रयोगका लागि लगेको भूसालले बताए । भूसाल बाटो निरमाण समितिका कोषाध्यक्ष हुन् भने वडाध्यक्ष पुल निर्माण समितिका सचिव हुन् । भूसालले भने ९ सय २० रूपैयाँ पर्ने सिमेन्ट ८ सयमा पाएपछि किनेको बताए ।

सुपरभाइजरले फसाएः वडाध्यक्ष

वडाध्यक्ष पन्तले भणे भूलवश सुपरभाइजरको विश्वासमा परि राति सिमेन्ट निकालेको स्वीकारेका छन् । उनले सुपरभाइजरले फसाएको दाबी गरेका छन् । सुपरभाइजर गोपाल थापा भने फरार छन् फरार थापालाई पक्राउ नगरेसम्म आफूप्रति न्याय नहुने अध्यक्ष पन्त बताउँछन् ।