काठमाडौं–रुसले अमेरिकाका ६० कुटनीतिज्ञलाई निस्कासित गरेको छ । साथै सेन्ट पिटर्सवर्गको कन्सुलेट सेवा बन्द गर्ने निर्णय पनि रुसले गरेको छ । अमेरिकी कुटनीतिज्ञहरुलाई रुस छाड्न एक हप्ताको समय दिइएको बीबीसीले जनाएको छ ।


ADVERTISEMENT


बेलायतमा एक पूर्व रुसी जासुस सर्गेई स्किपल र उनकी छोरी युलियालाई विष प्रयोग गरी हत्या गर्न खोजेको मामलामा अमेरिकाले गरेको कारवाहीको जवाफमा रुसले पनि यो निर्णय लिएको हो ।


ADVERTISEMENT

# # #


यसअघि अमेरिकाले ६० रुसी कुटनीतिज्ञलाई निस्कासित गरेको थियो भने सिएटलस्थित रुसी वाणिज्य दूतावास बन्द गर्ने निर्णय गरेको थियो । विष प्रकरणमा रुसले नर्बेका एजेन्टमाथि कारवाही गरेपछि अहिले बदलास्वरुप एकअर्का देशका राजदूतहरुलाई निस्कासन गर्ने श्रृंखला नै चलेको छ ।

रुसी विदेशमन्त्री सर्गेइ लाभरोवले रुसी कुटनीतिज्ञलाई निस्कासित गर्ने देशहरुलाई समान जवाफ दिइने बताएका छन् । उनले जवाफी कारबाहीबारे अमेरिकालाई जानकारी गराइसकेको पनि बताएका छन् ।

रुसले अमेरिकी राजदूतहरुलाई निस्कासित गरेपछि अमेरिकाले कडा प्रतिक्रिया जनाएको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन्, ‘रुसको यो कदमले अरु देशहरुसँग असल सम्बन्ध राख्न रुस अनिच्छुक छ भन्ने थाहा हुन्छ । अब अमेरिकालाई दोस्रो कदम चाल्ने अधिकार छ ।’