कास्की– फेवातालमा हावाहुरी चलेपछि अलपत्र रहेका ११ जना पर्यटकको सकुशल उद्धार गरिएको छ । लेकसाइडस्थित फेवातालमा अलपत्र परेका उनीहरुको प्रहरीको एपीएफ टोलीले सकुशल उद्धार गरेको हो ।


ADVERTISEMENT


फेवाताल क्षेत्रमा एक्कासि चलेको हावाहुरीका कारण उनीहरु अलपत्र परेका थिए । उनीहरुलाई शसस्त्र प्रहरी बल कालिका गण मालेपाटन पोखराबाट खटिएको टोलीले उद्धार गरेको थियो । तालमा बोटिङ गरिरहेका उनीहरु एक्कासि हावाहुरी चलेपछि अलपत्र परेका थिए ।


ADVERTISEMENT

# # #


सशस्त्र प्रहरी सहायक निरीक्षक दिपेन्द्र विष्टको कमाण्डमा खटिएको एपीएफ टोलीले उनीहरुलाई मोटर बोटको सहायताले उद्वार गरेको थियो । उद्वार गरिएकाहरुमा काठमाडौंका २० वर्षीया सृजना गुरुङ्ग, वर्ष २४ की जेशिका कार्की, वर्ष २७ की ममता तामाङ, वर्ष २२ की दिक्षा कार्की, वर्ष २३ की एन्जीला श्रेष्ठ, वर्ष २३ की एन्जीला सुवेदी र कास्की जिल्लाको पोखरा लेखनाथ महानगरपालिका २६ बस्ने वर्ष २१ का सुमन मल्ल रहेका छन् ।