काठमाडौँ – उपसभामुख शिवमाया तुम्बाहाम्फे (लिम्बू)ले आफू संलग्न दल नेकपा एमाले पार्टीको सदस्यलगायत सबै दलीय जिम्मेवारीबाट राजीनामा दिएकी छन्।


ADVERTISEMENT


उपसभामुख तुम्बाहाम्फे (लिम्बू)ले आज संघीय संसद् भवनमा पत्रकार सम्मेलन गरी स्थापित संसदीय परम्परा बमोजिम पार्टी सदस्यबाट राजीनामा दिएको जानकारी गराएकी हुन् ।


ADVERTISEMENT

# # #


उनी यही चैत २ गते एमालेको तर्फबाट प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित भएकी थिइन् । ।