काठमाडौँ– प्रतिनिधिभसाको आजको बैठकमा सांसदहरुले युरोपेली संघ (ईयू)को निर्वाचन पर्यवेक्षण प्रतिनिधिमण्डलद्वारा प्रस्तुत निर्वाचन प्रतिवेदनले सार्वभौम मुलुकमाथि हस्तक्षेप गरेको भन्दै आपत्ति जनाएका छन् ।


ADVERTISEMENT


हस्तक्षेप सहँदैनौँ


ADVERTISEMENT

# # #


बैठकमा विशेष समय लिएर बोल्दै नेकपा एमालेका भीम रावलले नेपाली जनताको चाहनामा निर्माण भएको संविधानका प्रावधानमाथि प्रहार हुने गरी ईयूले प्रतिवेदन दिएको भन्दै आपत्ति जनाए । ‘कुनै पनि देशमा यस्तो खालको हस्तक्षेप सह्य हुँदैन’, रावलले भने, ‘नेपाल लोकतन्त्रमा विश्वास गर्ने राष्ट्र हो ।’

नेपाल अन्तरराष्ट्रिय सम्बन्ध, संयुक्त राष्ट्रसंघको वडापत्रमा उल्लेख भएअनुसार अन्तरराट्रियस्तरमा राम्रो सम्बन्ध राख्न चाहन्छ भन्दै उनले नेपालको संविधान समानुपातिक समावेशीताको दृष्टिकोणबाट कुनै पनि देशको भन्दा कम नरहेको दाबी गरे ।

संविधानसभाबाट लेखिएको संविधानलाई समानुपातिक समावेशीताको अभ्यासद्वारा समृद्ध मुलुक बनाउने अभियानमा नेपाल रहेको सांसद रावलले बताए । ‘अप्ठ्यारोमा परेका बेलामा मित्र राष्ट्रहरुले हाम्रो देशमा सहयोग गर्न सक्नुहुन्छ’, उनले भने, ‘तर, संविधान, सार्वभौमसत्तालाई आघात पुर्‍याउने काम गर्नु गलत हो ।’

प्रतिवेदन आपत्तिजनक

नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले नेपाल सार्वभौम राष्ट्र भएको बताउँदै आन्तरिक मामिलामा कसैले गरेको हस्तक्षेप सह्य नहुने बताए। उनले ईयूको निर्वाचन पर्यवेक्षण प्रतिवेदन अपमानजनक भएको पनि बताए ।

संघीय समाजवादी फोरम नेपालका राजेन्द्रप्रसाद श्रेष्ठले नेपालले बाह्य हस्तक्षेप नस्वीकार्ने बताए । उनले नेपालको संविधान संघीयता, गणतन्त्र, र समानुपातिकको मामिला हिजोको भन्दा एक कदम अघि रहेको दाबी गरे ।

नेपाल नयाँ युगमा

नेपाली कांग्रेसका प्रदीप गिरीले संविधान जारीपछि नेपाल नयाँ युगमा प्रवेश गरेको बताए । संविधान कार्यान्वयनमा आउने सबै खालका चुनौतीको सामना गर्नुपर्ने उनको भनाइ थियो ।

एमालेका विरोध खतिवडाले पाकिस्तानी प्रधानमन्त्रीको नेपाल भ्रमणका विषयमा संसद्मा छलफल हुनुपर्ने बताए । बैठकमा नियमापत्ति गर्दै उनले यो भनाइ राखेका हुन् ।