काठमाडौं–अनलाइन नेटवर्किङ व्यापार गर्ने नाममा ठगी गर्ने दुई विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बंगलादेशी नागरिक राहत हसन राणा र भारतीय नागरिक तरमेश शर्मा रहेको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT


काठमाडौंको बत्तिसपुतली बस्दै आएका उनीहरूले ४–५ महिना अगाडि नेपाल आएर विश्वमा नाम चलेको अनलाइन व्यापार गर्ने फोरेक्स इन्टरनेशनल अनलाइन मनी मार्केटको वेष्ट्रन एफएक्स नामक कम्पनीको आफूहरू नेपाल प्रतिनिधि भएको भन्दै ठगी गरेको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


बंगलादेश, क्यानडा, अमेरिकालगायतको मुलुकमा यसको शाखा रहेको भन्दै आफूहरू नेपाल प्रतिनिधि रहेको र यसमा लगानी गरे २० देखि ६० प्रतिशतसम्म फाइदा लिनसक्ने भन्दै विभिन्न व्यक्तिसँग पैसा उठाएका थिए ।

उनीहरूले एक बंगाली नागरिकलाई नेपाल ल्याएर जति धेरै सदस्य खोजेर लगानि गर्‍यो त्यती धेरै फाइदा हुन्छ भन्न समेत लगाएका थिए ।

यसरी लगानी गरेवापत मासिक रूपमा नाफा हुने ग्यारेन्टी गरे पनि नाफा पनि नदिएको र सावा पनि फिर्ता नगरेर लाखौ रकम ठगेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।

नेपालमा यस्तो कारोबार गर्नु गैर कानुनी भएको भन्दै प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । नेपालमा यस्तो कारोबारको अनुगमन तथा नियमन गर्ने कुनै निकाय छैन । यो व्यवसाय गर्नेले नेपालमा कुनै कर नतिरि रकम विदेश लैजाने गरेका छन् ।

हालसम्म २०–२५ जनालाई ठगी गरेको प्रहरीको दाबी छ ।