काठमाडौं–पछिल्लो केही समयदेखि विस्तारै गति लिन थालेको मुलुकको पर्यटन उद्योगलाई खुशीको खबर छ ।


ADVERTISEMENT


संसारकै सबैभन्दा ठूलो ट्राभल वेबसाइट अमेरिकाको ‘ट्रिप एडभाइजर’ले यो वर्ष सन् २०१८ का लागि छनोट गरेको विश्वका उत्कृष्ट गन्तव्यको सूचीमा काठमाडौं २३ नम्बरमा परेको छ ।


ADVERTISEMENT

# # #


त्यसबाहेक एसियाका उत्कृष्ट २५ गन्तव्य सूचीमा भने काठमाडौं छैठौं नम्बरमा परेको छ । विश्वका उत्कृष्ट २५ को यो सूचीमा परेको काठमाडौं दक्षिण एसियाकै पहिलो गन्तव्य शहर हो ।

पहिलो स्थानमा भने इन्डोनेसियाको बाली सहर परेको छ। दोस्रोमा बेलायतको लन्डन सहर छ । काठमाडौं फ्रेन्च पोलिनेसिया रहेको बोराबोर आइसल्याण्ड र पेरुको क्युस्को सहरलाई उत्कृष्ट गन्तव्यको सूचीलाई पछाडि पारेको छ।

ट्रिप एडभाइजरले लाखौं पर्यटकको छनोटपछि संसारका २५ गन्तव्य सूची सार्वजनिक गरेको हो । यी गन्तव्य घुमेका पर्यटकबाट प्राप्त प्रतिक्रिया र सुझाव समेटेर उसले सूची सार्वजनिक गरेको हो । –आजको नागरिक दैनिकबाट