काठमाडौं–संविधान संशोधन तथा संवैधानिक अंगका पदाधिकारीविरुद्ध महाभियोग लगाउनेबारे संसदले नयाँ नियम बनाउने भएको छ । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिमा छलफलका लागि प्रस्तुत यसअघिको व्यवस्थापिका संसदको भन्दा केही फरक नियम समेटिएको छ ।


ADVERTISEMENT


संघीय संविधानअनुसार प्रदेशसभासमेत गठन भइसकेकाले संविधान संशोधनबारे केही नयाँ प्रावधान संघीय संसदले अघि सारेको छ ।


ADVERTISEMENT

# # #


कुनै प्रदेशको सिमाना परिवर्तन गर्नुपरे सहमतिका लागि प्रदेशसभामा पठाउनुपर्ने संघीय संसदको नियमावलीमा राखिएको छ ।

संविधानको अनुसूची ६ मा समावेश प्रदेशका अधिकारसम्बन्धी संसोधन गर्नुपरे पनि प्रदेश सभाको सहमति लिनुपर्ने गरी संघीय संसदको नियम बन्दै छ ।–आजको नयाँ पत्रिकाबाट