ताप्लेजुङ–ताप्लेजुङ सदरमुकामको एक होटलमा शुक्रबार बिहानै आगलागी भएको छ । सदरमुकाम फुङ्लिङबजारको प्रवेशद्वार हेलप्याड नजिकैको होटल ईको भ्यू पोइन्टमा बिहान ६ बजे आगलागी भएको हो ।


ADVERTISEMENT


आगलागीबाट होटलको माथिल्लो तला पूर्ण रुपमा जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक काशीनाथ रेग्मीका अनुसार होटलको भान्सा कोठामा विद्युत सर्ट भएर आगलागी भएको हो । पूर्ण विवरण भने आउन बाँकी नै रहेको रेग्मीले स्रोतलाई बताएका छन् ।


ADVERTISEMENT

# # #


आगो नियन्त्रणका लागि फुङ्लिङ नगरपालिकाको वारुणयन्त्र(दमकल) सहित नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय जुटेका थिए । करिब एक घन्टापछि आगो नियन्त्रणमा आएको छ । होटलको तल्लो तलाहरुमा भने कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।