काठमाडौ– कर्णाली प्रदेशको राजधानी सुर्खेत काठमाडौंसँग प्रत्यक्ष हवाई सम्पर्कमा जोडिने भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी र कर्णाली प्रदेशका मुख्य मन्त्रीबीच कर्णालीको पर्यटन बिकास सम्बन्धि बुधबार भएको छलफलमा प्रत्यक्ष हवाई उडान गर्ने निर्णय भएको हो।


ADVERTISEMENT


नाकाबन्दी लगत्तै अवरुद्ध काठमाण्डौ सुर्खेत उडानलाई पुनः संचालन गर्नेका लागि आयोजित उक्त छलफलमा मन्त्री अधिकारीले काठमाण्डौ सुर्खेत सिधा उडानका लागि आवश्यक सहयोग गर्न मन्त्रालयले कुनै कसुर बाकि नराख्ने बताउए।


ADVERTISEMENT

# # #


चैत २१ गतेदेखि उडान हुने व्यवस्था मिलाइएको मन्त्री अधिकारीले जानकारी दिएका छन्। यो सेक्टरमा पहिले व्यवसायिकरुपमा फाइदा नभएको भन्दै एयरलाइन्सहरुले सुरु गर्दै बन्द गर्दै गरेका थिए।

केहि समय उडानमा घाटा भए उक्त समयलाई बिशेष सहयोग गर्न केन्द्र सरकार सँगै प्रदेस सरकार तयार रहेकोले हवाई सेवा प्रदायकसँग उडान संचालन गर्न प्रदेश मन्त्रीहरुले आग्रह गरेका थिए।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन सचिव कृष्ण प्रसाद देवकोटाले उडान सेवा सहज बनाउन सम्बन्धित नीति ऐन कानुन मापदण्ड तथा कार्यबिधि आवशयकताका आधारमा परिवर्तन तथा परिमार्जन गरि आउँदा दिनमा मन्त्रालयले सहयोग पुर्याउने बताए।

मन्त्रालयमा भएको छलफलमा सहभागी नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक, नेपाल एयरलाइन्स, बुद्ध एयर, तारा एयर, सिता एयर सिम्रिक एरलाइन्स सहित बिभिन्न हवाई सेवा प्रदायकको उपस्थिति रहेको थियो ।

उक्त छलफलमा बुद्ध एर र नेपाल एरलाइन्सले अबको दुई हप्तामा उडान भर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । छलफलमा बोल्दै बुद्ध एरले १५ दिनमा पहिलो उडान गर्ने प्रतिबद्धता गरेको छ।

त्यस्तै नेपाल एरलाइन्सका प्रमुख सुगतरत्न कंसकारले चैत २१ गते सम्ममा उडान गर्ने बताए।