काठमाडौं– आठ जनाको संयुक्त लगानीमा स्थापना भएको कैलाश हेलिकोप्टरले फ्रान्समा निर्मित एयरबस एएस ३५० बी ३ इ हेलिकोप्टर ल्याएको छ ।


ADVERTISEMENT


कम्पनीले ३० करोड लगानीमा ब्रान्ड न्यू हेलिकोप्टर ल्याएको हो। कम्पनीका प्रवन्ध निर्देशक प्रतापजंग पाण्डेका अनुसार नागरिक उड्ययन प्राधिकरणमा तत्कालै एयर अपरेटर सर्टिफिकेट (एओसी)को आवेदन दिइनेछ।


ADVERTISEMENT

# # #


‘एओसी पाउनेवित्तिकै हामी उडान सुरु गर्नेछौं’ उनले भने। पाण्डे बाहेक रमेशकुमार पण्डित, सुनिल श्रेष्ठ, सिएन पाण्डे, श्रीहरि कुँइकेल, श्रीराम केसी, इश्वरी पौडेल र आशिष शेरचनको कैलाश हेलिकोप्टरमा लगानी छ। शेरचन कम्पनीका अध्यक्ष हुन्।

पाण्डेका अनुसार अर्को हेलिकोप्टर पनि चाँडैनै ल्याइनेछ।