बुटवल – तेश्रो मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।


ADVERTISEMENT


मदन भण्डारी स्पोर्टस एकेडेमी, प्रदेश ५ को आयोजनामा बुटवलको रामनगरमा रहेको मानबज्ञान उच्च माबिको खेलमैदानमा प्रतियोगिता हुँदैछ ।


ADVERTISEMENT

# # #


प्रतियोगिताबारे आयोजकले मंगलबार पत्रकार सम्मेलन गरी तयारी सकिएको बताएका हुन् ।

यसअघि प्रतियोगिता फागुनको अन्तिम साताबाट शुरु गर्ने भनिएपनि राष्ट्रपतिको चुनाबका कारण खेल चैत्र दोश्रो सातालाई सरेको थियो ।

प्रतियोगिताको राष्ट्रपति बिद्यादेवी भण्डारीले फागुन ९ गते उद्घाटन गर्ने तय भएको स्पोर्टस एकेडेमी, प्रदेश ५ का अध्यक्ष नरबहादुर घर्तीले बताए ।

प्रथम पुरस्कार राशी १५ लाख नगद तथा दोस्रोलाई नगद ७ लाख ५० हजार रुपैयाँ पुरस्कार राखिएको एकेडेमीका केन्द्रीय उपाध्यक्ष ध्रुव आचार्यले जानकारी दिए ।

नयाँ अभ्यासका रुपमा खेल अवधिभर प्रत्येक खेलाडीको तीन लाख बराबरको बीमाको ब्यवस्था गरिएको एकेडेमीका जिल्ला अध्यक्ष नन्दु काउचाले जानकारी दिए ।

१० टिम रहने खेलमा मलेसियाको हिमालयन एफसीसहित नेपालका ए डिभिजन क्लब, विभागीय टिमका साथै आयोजकको समेत एउटा छुट्टै टिम तयार गरिएको छ ।

खेल र खेलाडीको हितका स्थापना गरिएको एकेडेमीले आफनो वार्षिक क्यालेण्डर अनुसार खेल गतिविधिलाई महत्व दिएको एकेडेमीले जनाएको छ ।

प्रतियोगिता अवधिभर करिब एक करोड १४ लाख खर्च लाग्ने आयोजकको अनुमान छ ।

रामनगरवासीलाई खेल हेर्न छुटको ब्यबस्था मिलाइएको छ भने अन्यका लागि १ सय देखि तीन सयसम्मको टिकटको ब्यबस्था गरिएको छ ।

खेल मैैदानमा ५ हजार जना अट्नेगरी प्याराफिट पनि बनाइएको छ ।