भद्रपुर– आसन्न स्थानीय तहको निर्वाचनका लागि झापामा कूल पाँच लाख १० हजार २१६ मतदाता रहेको छन् ।


ADVERTISEMENT


तीमध्ये दुई लाख ५३ हजार ४१५ पुरुष र दुई लाख ५६ हजार ७९८ महिला छन् । पुरुषको तुलनामा महिलाको सङ्ख्या तीन हजार ३८३ बढी रहेको जिल्ला निर्वाचन कार्यालय भद्रपुरले जनाएको छ ।


ADVERTISEMENT

# # #


विस २०७० मा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनभन्दा अगामी वैशाख ३१ गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा ५५ हजार ७४० मतदाता बढी छन् । दोश्रो संविधानसभाको निर्वाचनका लागि झापामा कूल चार लाख ५४ हजार ४७६ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख गोपाल आचार्यले बताए ।

यसैगरी सात गाउँपालिकामा एक लाख ६१ हजार ७१५ र आठ नगरपालिका तीन लाख ४८ हजार ५०१ मतदाता निर्वाचनमा सहभागी हुने बताइएको छ ।

निर्वाचनका लागि झापामा ३८३ मतदानस्थल र ६३७ मतदान केन्द्र तोकिएको र सबै मतदातालाई मत बदर हुन नदिन मतदाता शिक्षा कार्यक्रम पनि हिजोबाट सुरु भएको छ । यसका लागि झापाका गाउँपालिका र नगरपालिकामा सामाजिक परिचालिका र विद्यालयका शिक्षक एवम् शिक्षिका परिचालन भएको प्रमुख आचार्यले बताए ।

मतदाता शिक्षाका लागि ६३७ जना परिचालन भएको र उनीहरु निर्वाचन प्रचारप्रसार अवधिसम्म मतदातालाई मतदान गर्न अभिप्रेरित गर्ने, नमुना मतपत्रमा मतदान गर्न सिकाउने कार्यक्रम रहेको जनाएको छ ।