काठमाडौं(रासस)–ट्राफिक प्रहरीले स्वरूप परिवर्तन गरी सवारी चलाउने ११० मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।


ADVERTISEMENT


महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको टोलीले स्वरूप परिवर्तन गरी ठूलो आवाज बनाएर गुडाउने ११० बुलेट मोटरसाइकललाई नियन्त्रणमा लिएको हो ।


ADVERTISEMENT

# # #


महाशाखाका प्रमुख सर्वेन्द्र खनालले ठूलो आवाज निकालेर कोलाहल मच्चाउँदै हिँड्ने सवारीमाथि कारबाहीका लागि विशेष अभियान थालिएको जानकारी दिए । ‘ठूलो आवाज निकालेर सडक नै आफ्नो मात्र हो भन्दै हिँड्ने मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएका हौँ’, उनले भने ।

महाशाखाले यस्ता मोटरसाइकललाई अझै नियन्त्रणमा लिने जनाएको छ । महाशाखाले स्वरूप परिवर्तन गरेर सवारी चलाउनेलाई पाँच हजार रुपैयाँ जरिवाना गर्दै आएको छ ।