काठमाडौं–कैलालीको गोदावरी नगरपालिकाका–८ खुटियापुल नजिकै मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मोटरसाइकलमा चौधरी एक्लै रहेको प्रहरीले जानकारी दिएको छ । आइतबार राति साढे ८ बजेतिर पूर्बबाट पश्चिम तर्फ आउँदै गरेको मोटरसाइल खुटियापुल नजिकै दुर्घटना भएको थियो ।


ADVERTISEMENT


दुर्घटनामा गोदावरी नगरपालिकाका–८ स्याउले बजारका अन्धाजी २८ वर्षीय रमेश चौधरीको मृत्यु भएको हो ।


ADVERTISEMENT

# # #


चौधरी सवार से ६ प ४७२१ को मोटरसाइकल सडक किनारमा थुपारेको ढुंगामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा गम्भीर घाइते चौधरीको सेती अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवत्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।

चौधरीको शवलाई पोष्टमार्टमका लागि अस्पतालको शव गृहमा राखिएको छ ।