काठमाडौं–उपराष्ट्रपति नन्दबहादुर पुनले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् ।


ADVERTISEMENT


उपराष्ट्रपतिको दोस्रो कार्यकालका लागि आइतबार निर्वाचित भएका पुनले आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिन लागेका हुन् ।


ADVERTISEMENT

# # #


शपथ सोमबार अपराह्न ४ बजे राष्ट्रपतिको कार्यालय शीतल निवासमा हुँदैछ । पुनका प्रेस संयोजक मनोज घर्तीले अपराह्न ४ बजे उपराष्ट्रपतिले शपथग्रहण गर्ने समय तय भएको जानकारी दिए ।

उपराष्ट्रपतिका लागि शनिबार उम्मेदवारी मनोनयन दर्ता गर्न समय दिइएकोमा वाम गठबन्धनका नन्दबहादुर पुनको मात्रै उम्मेदवारी परेको थियो । चैत ९ गते उपराष्ट्रपतिका लागि मतदान गर्ने कार्यतालिका आयोगले सार्वजनिक गरे पनि पुनविरुद्ध कसैको पनि उम्मेदवारी नपरेपछि आयोगले आइतबार पुन निर्विरोध निर्वाचित भएको घोषाणा गरेको थियो ।

यसअघि राष्ट्रपतिका लागि भने संसदमा मतदान भएको थियो । संसदमा भएको मतदानबाट विद्यादेवी भण्डारी राष्ट्रपतिमा निर्वाचित भइसकेकी छन् ।