एजेन्सी–रुसमा फेरि एक पटक भ्लादिमिर पुटिन राष्ट्रपतिमा निर्वाचित भएका छन् । यसपाली पुटिनको कार्यकाल ६ बर्षको हुनेछ । हिजो भएको राष्ट्रपति निर्वाचनमा पुटिनलाई ७६ प्रतिशत मत मिलेको छ । विपक्षी नेता अलेक्सई नवालनीलाई प्रतिबन्ध गरिएको थियो ।


ADVERTISEMENT


शुरुवाती नतिजाको घोषणापछि मस्कोमा र्यालीमा बोल्दै पुटिनले मतदाताले आफुले गरेको कामलाई अनुमोदन गरेको बताए । फेरि पनि ६ बर्षका लागि चुुनाव लडनुहुन्छ भन्ने प्रश्नमा पुटिनले भने, ‘तपाईंहरु पनि मजाक गर्नुहुन्छ । सोच्नुहुन्छ कि म १०० बर्ष बाच्छु । यस्तो हुने छैन् । ’


ADVERTISEMENT

# # #


जित पहिल्यैदेखि अपेक्षित भए पनि सन् २०१२ मा पुटिनले ल्याएको मतभन्दा अहिले बढी पाएका छन् । त्यतिबेला उनले ६४ प्रतिशत मत ल्याएका थिए ।

निर्वाचन आयोगका अनुसार पुटिनका निकटतम प्रतिद्वन्द्वी पावल ग्रुडीनिनले अहिलेसम्म करिब १२ प्रतिशत मत ल्याएका छन् । क्रेम्लिनले अपेक्षा गरेको भन्दा कम अर्थात् ६४ प्रतिशत मात्रै मत खसेको थियो ।

पुटिनको चुनावी अभियान टोलीले उनको जितलाई ‘अविश्वसनीय’ भनेको छ । अभियान टोलीका एकजना प्रवक्ताले रुसको इन्टरफ्याक्स समाचार संस्थालाई भने, उहाँले प्राप्त गरेको मत प्रतिशत आफैँ बोल्छ । यो जनादेश हो जुन भविष्यमा निर्णय गर्नका निम्ति पुटिनलाई चाहिन्छ र उनले थुप्रै निर्णयहरू गर्नुपर्नेछ ।’