काठमाडौं–रौतहटका मेयरलाई फोन गरी १० लाख रुपैयाँ माग गर्ने २ जनालाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको छ ।


ADVERTISEMENT


बृन्दाबन नगरपालिकाका मेयर रामस्नेही यादवलाई फोन गरेर डर, धाक, र धम्की लिइ रकम माग गर्ने मोहम्मद सामसंग आलम र जुल्फिकर सेखलाई पक्राउ गरिएको एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए । उनीहरु दुवै रौतहटकै हुन् ।


ADVERTISEMENT

# # #


उनीहरुलाई आइतबारराती बालकुमारीबाट नियन्त्रणमा लिइएको हो । उनीहरुले १२ दिनदेखि लगातार मेयर यादवलाई फोन गरेर १० लाख माग गरेका थिए । नदिए मार्ने धम्की समेत उनीहरुले दिएको प्रहरीले जनाएको छ ।

कल ट्रयाक गरेर २ जनालाई पक्राउ गरिएको एसपी श्रेष्ठले बताए ।