काठमाडौं–बजारमा पाइने विभिन्न ब्राण्डका प्रशोधित पानीमा प्लाष्टिकका स–साना कणहरु हुने तथ्य पत्ता लागेको छ । विभिन्न देशबाट ल्याईएका, थुप्रै ब्राण्डका २ सय ५० वटा बोतलको पानीको परीक्षणपछि यस्तो पत्ता लागेको हो ।


ADVERTISEMENT


पत्रकारहरुको संगठन ओआरबी मिडियाको सहकार्यमा गरिएको अध्ययन परिक्षणका क्रममा बोतलमा राखिएको पानीमा प्रत्येक १ लिटरमा १० वटासम्म प्लाष्टिकका स साना कणहरु फेला परेको बीबीसीले उल्लेख गरेको छ ।


ADVERTISEMENT

# # #


विश्वका प्रख्यात तथा उच्चतम प्रविधि प्रयोग गरेर तयार गरिएको भनिएका पानीका बोतलहरु परीक्षणमा ल्याईएको थियो । सो परीक्षण अमेरिकाको न्यूयोर्कस्थित स्टेट विश्वविद्यालयको ल्याबमा गरिएको थियो । विश्वविद्यालयका रसायन विषयका प्रोफेसर सेरी मासोनले भने, ‘बोतलको पानी पिउँदा हामीलाई असर पर्ने देखिएको छ । सार्वजनिक पछिल्लो तथ्यले विज्ञानको सक्रियताको दायरा अझ बढाउनुपर्नेतर्फ सचेत गराएको छ ।’