काठमाडौं–सरकारले आगामी दुई बर्षभित्र सम्पूर्ण नेपालीको पहुँचमा इन्टरनेट सेवा पुर्‍याउने नीति लिएपनि यसको प्रयोगको वृद्धिर भने त्यस अनुसार हुन नसकेको पाइएको छ ।


ADVERTISEMENT


नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार मुलुकको इन्टरनेट प्रयोग वृद्धिदर वार्षिक आठ प्रतिशतमात्र रहेको छ । प्राधिकरणले मंगलवार सार्वजनिक गरेको पुसको एमआइएस रिपोर्ट अनुसार कुल इन्टरनेट पहुँच ६३.८१ प्रतिशत पुगेको छ ।


ADVERTISEMENT

# # #


गत वर्ष पुसको तथ्यांकभन्दा यो आठ प्रतिशतले बढी हो । सरकारले सूचना तथा प्रविधि नीति, २०७२ मा सन् २०२० सम्ममा सम्पूर्ण नेपालीमा इन्टरनेटको पहुँच सुनिश्चित गरिने भनेको थियो ।

साथै ब्रोडब्याड नीति २०७१ ले पनि उक्त मितिमा प्रत्येक जिल्लाका सपूर्ण सरकारी निकायहरुमा ब्रोडब्याड सेवा उपलब्ध गराउने लक्ष राखको छ । समयमै सरकारको लक्ष्यलाई भने अहिलेको इन्टरनेट विस्तारले नपुग्ने देखिन्छ।