काठमाडौं– सातवटै प्रदेशका मुख्यमन्त्रीहरुले मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रसँंग सहकार्य गरेर अगाडि वढ्न तत्पर रहेको बताएका छन् । नेपाल चेम्बर अफ कमर्सले मुख्य मन्त्रीहरुको सम्मानमा बुधबार गरेको अभिनन्दन कार्यक्रममा बोल्दै मुख्यमन्त्रीहरुले निजी क्षेत्रसँंगको सहकार्य विना मुलुकको आर्थिक विकास सम्भब नहुने बताएका हुन् । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन सफलतापूर्वक सम्पन्न भएसँंगै मुलुकले समृद्धिको यात्रा तय गरेको बताए ।


ADVERTISEMENT


प्रदेश नं २ का मुख्यमन्त्री मोहमद लालबाबु राउत गद्धीले मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रको लगानी अपरिहार्य रहेको प्रष्ट्याए । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अव कुरा नभई काम गर्ने समय आएको बताए ।


ADVERTISEMENT

# # #


प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले प्रदेशमा कर्मचारीहरुको अभाव समस्याको रुपमा देखिएको गुनासो गरे भने प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोख्रेलले विकास र समृद्धिको आकांक्षा बोकेर एकात्मक

राज्य व्यवस्थाको ठाउँंमा संघीय राज्यको व्यवस्था भएकोले अवको एजेन्डा आर्थिक समृद्धि मात्रै भएको बताए । प्रदेश नं ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विकासमा पछि परेको कर्णाली प्रदेशको विकास आफनो मुख्य एजेन्डा रहेको बताउँंदै पिछडिएको प्रदेश भएकोले अवसरै अवसर देखेर लगानी गर्न उद्योगी व्यवसायीहरुलाई आग्रह गरे । प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भटले मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रसँंग सहकार्य गर्न आफूहरु सबैजना तत्पर रहेको धारणा राखे ।

कार्यक्रममा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले अधिकतम सुविधा भएको स्थानमा निजी क्षेत्रले लगानी गर्ने र रोजगारी सृजना गरी राजश्व पनि बुझाउने भएकोले यसतर्फ मुख्यमन्त्रीहरुको ध्यानाकर्षण गराए ।