काठमाडौं–नेपाली कांग्रेसले प्रधानन्यायाधीश गोपाल पराजुलीको पक्षमा उभिएको छ । पराजुलीलाई लिएर सर्वोच्चको न्यायाधीशहरु नै विभाजित भइरहेका बेला सत्तारुढ दलहरुभित्र प्रधानन्यायाधीशविरुद्ध महाअभियोग लगाउने चर्चा पनि चल्न थालेको छ ।


ADVERTISEMENT


तर, कांग्रेसले त्यसो नगर्न खबरदारी गरेको छ । पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन नपाइने बताए ।


ADVERTISEMENT

# # #