काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त यूएस बंगलाको विमानमा ३० जना नेपाली सवार रहेको खुलेको छ । स्रोतका अनुसार बंगलादेशको ढाकाबाट ३३ जना नेपाली सवार भएका थिए ।


ADVERTISEMENT


विमानमा कुल ६७ जना यात्रु रहेका थिए भने ४ जना चालक दलका सदस्य रहेको जनाइएको छ । नर्भीक अस्पतालमा उपचाररत ५ जना घाइते मध्ये ४ जना नेपालीको परिचय खुलेको छ एक जना भने बंगलादेशी नागरिक भएको पाइएको छ ।


ADVERTISEMENT

# # #


जसमा बसन्त बोहरा, शोनम शाक्य, आशिस रञ्जित र विनोद राज पौडेलको परिचय खुलेको हो ।