काठमाडौं–सरकारले शिक्षा, विज्ञान प्रविधि तथा युवा र खेलकुद मन्त्रालयमा ९ वटा महाशाखा राख्ने तयारी गरेको छ । संघीय सरकार गठन भएसँगै मन्त्रालय पुनर्गठन भएपछि संरचना तयार गर्न बसेको बैठकले प्रारम्भिकरुपमा ९ वटा महाशाखाको प्रस्ताव गरेको छ ।


ADVERTISEMENT


तीन मन्त्रालय पुनर्गठन भएपछि सो मन्त्रालयमा तत्कालका लागि ३ सचिव राख्ने तयारी सरकारले गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा दिनहुँजसो भएको बैठकमा तत्काल ९ महाशाखा राख्ने गरी प्रारम्भिक प्रतिवेदन तयार भएको छ ।


ADVERTISEMENT

# # #


मुख्यसचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा बसेको बैठकमा शिक्षा मन्त्रालयले प्रारम्भिक प्रतिवेदन तयार गरेको छ । शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले दिनहुँजसो बैठक भएपनि अहिलेसम्म टुंगो नलागेको जानकारी दिएका छन् ।

तर, प्रारम्भिक रुपमा खाका तयार गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का् कार्यालयमा पेश गरेको जानकारी दिएका छन् । आजको नेपाल समाचारपत्रबाट