काठमाडौँ– नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष नैनसिंह महरले दुनियाँका कुनै पनि कम्युनिस्टले प्रजातान्त्रिक संविधानको पालना गरेको उदाहरण नभएकाले वाम गठबन्धनको सरकार पनि एक पछि अर्को गैरसंवैधानिक क्रियाकलाप गर्न थालेको बताएका छन् ।


ADVERTISEMENT


स्वतन्त्र विद्यार्थी युनियन मध्यपश्चिमाञ्चल विश्व विद्यालय सुर्खेतले आयोजना गरेको कार्यक्रमलार्इ प्रमुख अतिथीका रुपमा सम्बोधन गर्दै महरले कम्युनिस्ट गठबन्धनले जनतालार्इ बालुवाको घरको सपना देखाएर झुक्याएकोले झुटको पर्दाफास हुने बित्तिकै गठबन्धनको सरकार आफुले बनाएको चक्रव्यूहको भुमरीमा आफै फस्ने बताए।


ADVERTISEMENT

# # #


शिक्षाको उन्नयन र विद्यार्थी हितको पक्षमा नेपाल विद्यार्थी संघले सरकारसंग राख्दै आएका मागहरु समयमैं सम्बोधन नगरे त्यसको मुल्य चुकाउनु पर्ने उनको भनाई थियो। समग्र देश र विशेष गरी कर्णाली प्रदेशको विकासका लागि मध्यपश्चिम विश्व विद्यालय दक्ष जनशक्ति उत्पादनको केन्द्रका रुपमा स्थापित हुनुपर्ने कुरा उनले बताए।