काठमाडौं–प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले आइतबार विश्वासको मत लिने भएका छन् । आज दिउसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् ।


ADVERTISEMENT


गत फागुन ३ गते सपथ ग्रहण गरेका पोखरेल माओवादीको समर्थनमा प्रदेश ५ को मुख्यमन्त्री बनेका हुन् । यसअघि फागनु १३ गते नै उनले विश्वासको मत लिने भनिएपनि प्रदेशसभाको बैठक बस्न नसकेपछि सूचना टाँसेर स्थगित भएको थियो ।


ADVERTISEMENT

# # #


आर्थिक कार्यविधि ऐन र स्थानीय तहका सेवा सुविधा सम्बन्धी ऐन पेश गर्ने समेत तयारी रहेको प्रदेशसभाको बैठकबीच मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिनेछन् ।