बर्दिबास–महोत्तरीको भंगाह नगरपालिकाको वडा नं ६ मदनपट्टीमा २२ वर्षीय दलित युवती शुक्रबार मध्यरात बलात्कृत भएकी छिन् ।


ADVERTISEMENT


बलात्कृत युवती घर नजिकैको सडक छेउमा शौच गर्न जाँदा ४ जना पुरुषको समूहले नियन्त्रणमा लिएर पिडितले नै ओढेको सलले मुख बाँधेर लछारपछार गर्दै जबरजस्तीकरणी गरेका थिए ।


ADVERTISEMENT

# # #


पछि गाउँलेले थाहा पाएर हल्ला खल्ला हुँदा अभियुक्त फरार भएका थिए । शुक्रबार छिकेकीले बलात्कारीको पहिचान दाबी गर्दै जिल्ला प्रहरी कार्यालय महोत्तरीमा किटाणी जाहेरी दिएपछि प्रहरीले अभियुक्तहरुलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा चारै जना भंगाह नगरपालिका वडा नं ६ मदनपट्टी का १९ वर्षिय सुवास विश्वकर्मा,२२ वर्षिय सचिनराम थारु,वर्ष २२ कै प्रदिप सिंह थारु र २६ वर्षिय गोविन्द कुमार राय रहेका छन् ।

उनीहरुविरुद्ध जर्वजस्तीकरणीको मुद्दा दायर गरि न्यायिक हिरासातमा राखेर कारबाही प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।