काठमाडौं–विराटनगरको कोसी अञ्चल अस्पतालमा उपचार गर्न आएका संखुवासभाको खाँदबारी नगरपालिका–७ का रमेश श्रेष्ठ अस्पताल पुग्नै पाएनन् । शनिमन्दिरनजिकै बसबाट ओर्लिनासाथ उनी दुई–तीन युवाको चुंगुलमा फसे र निजी क्लिनिकको ‘अतिथि’ बन्न पुगे ।


ADVERTISEMENT


सरकारी अस्पतालको सहुलियत सेवा लिन आएका श्रेष्ठ ‘सस्तोमा छिटो, छरितो र राम्रो उपचार पाउने’ प्रलोभनमा फसेर क्लिनिक पुगेका हुन् । ‘१५ हजार रुपैयाँ बोकेर सरकारी अस्पतालमा उपचार गर्न आएको थिएँ तर निजीमा पुग्दा २५ हजार सकियो’, उनले भने, ‘पैसा नपुगेर घरबाट मगाउनुपर्‍यो ।’


ADVERTISEMENT

# # #


बिरामी पठाएबापत दलालले किस्ता–किस्तामा कमिसन पाउने

‘राम्रो उपचार र डाक्टर छन् भन्दै लैजाँदा रहेछन् तर निजीमा बिरामी ठगिन्छन्। प्रहरीको एउटा टोली अहिले तिनै दलालको पछि लागिरहेको छ।’
–अरुणकुमार बिसी, एसपी, प्रहरी प्रमुख, मोरङ

प्रदेश १ को राजधानी विराटनगरमा सरकारी अस्पतालको सेवा लिन आउने बिरामी यसरी नै प्रतिदिन दलालको प्रभावमा परी निजी अस्पताल र क्लिनिकबाट ठगिन थालेका छन् । बिरामी तान्न केही निजी अस्पताल र क्लिनिकले दलाल नै परिचालन गरेको रहस्य खुलेको छ ।

गत बुधबार शनिमन्दिर नजिकै बिरामीलाई झुक्याएर निजी क्लिनिकमा लैजाँदै गर्दा प्रहरीले दुई युवालाई पक्राउ गर्‍यो ।

बिरामीलाई झुक्याएर नेसनल क्लिनिक लैजाँदै गर्दा सप्तरी, राजविराज–६ का ३० वर्षीय सीताराम सरदार र महोत्तरी जलेश्वर–६ का ३५ वर्षीय उमेश महतो पक्राउ परेका हुन् । विराटनगरमा डेरा गरी बस्ने सरदार र महतो निजीमा बिरामी पुर्‍याउने ‘दलाल पेसा’ मा सक्रिय रहेको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ ।, –आजको अन्नपुर्ण पोष्टबाट