काठमाडौँ– जिम्बावेमा जारी आइसिसी विश्वकप छनोट क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्याण्डलाई १५० रनको सामान्य चुनौति दिएको छ ।


ADVERTISEMENT


बुलावायोस्थित क्विन्स स्पोर्ट्स क्लबको मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले ४७.४ ओभरमा सबै विकेट गुमाउँदै मात्र १४९ रन बनाउन सक्यो । ब्याट्समेन चल्न नसक्दा कम स्कोर मै समेटिन नेपाल बाध्य भयो । कप्तान पारस खड्काले अर्धशतक प्रहार गरे पनि अन्यले गतिलो खेल्न सकेनन् ।


ADVERTISEMENT

# # #


आजपनि ओपनरद्वय ज्ञानेन्द्र मल्ल र दिलीप नाथले आज पनि टिमलाई कुनै योगदान दिन सकेनन् । पहिलो विकेटका रुपमा उपकप्तान ज्ञानेन्द्र मल्ल एक रन बनाएर पेवेलियन फर्किए । सात बलको सामना गरेका उनी सफ्यान सरिफको बलमा बोल्ड भए । यस्तै अर्का ओपनर दिलीप नाथ पनि २ बल खेलेर ४ रनमा आउट भए । आफ्नो पहिलो बलमा चौका प्रहार गरेका उनले दोस्रो बलमा नै आउट हुन पुगे ।

यस्तै तेस्रो विकेटका रुपमा दिपेन्द्र सिंह ऐरी पनि एक रनमा आउट भए । पाचौँ नम्बरमा आएका भरपर्दा ब्याट्समेन शरद भेष्वाकर पनि खाता खोल्न नपाउँदै आउट भए । यस्तै आरिफ सेखपनि एक २ रनमा पेवेलियन फर्किन बाध्य भए ।

नेपालले सुरुवाती आठ ओभर नसकिँदै आफ्ना महत्वपूर्ण पाँच विकेट गुमाइसकेको थियो । ७.६ ओभरमा ३९ रन बनाउँदा नेपालले ५ विकेट कमजोर स्थितिमा थियो । नेपालका लागि सातौ नम्बरमा आएका सोमपाल कामीले पारस खड्कासंग मिलेर स्कोर केही माथि लैजाने प्रयास गरिरहेका थिए । तर उनी रन आउट हुन पुगे । ६२ बलको सामना गरेका सोमपालले २ चौका प्रहार गर्दै १८ रन बनाए ।

नेपालले सुरुवाती आठ ओभर नसकिँदै आफ्ना महत्वपूर्ण पाँच विकेट गुमाइसकेको थियो । ७.६ ओभरमा ३९ रन बनाउँदा नेपालले ५ विकेट कमजोर स्थितिमा थियो । नेपालका लागि सातौ नम्बरमा आएका सोमपाल कामीले पारस खड्कासंग मिलेर स्कोर केही माथि लैजाने प्रयास गरिरहेका थिए । तर उनी रन आउट हुन पुगे । ६२ बलको सामना गरेका सोमपालले २ चौका प्रहार गर्दै १८ रन बनाए । उनले कप्तान पारससंग सार्वाधिक ४२ रनको साझेदारी गरे ।

आजपनि नेपाली ब्याटिङ कप्तान पारसकै भर परेको थियो । टिमलाई लज्जास्पद स्कोरबाट बचाउन उनले महत्वपूर्ण ६३ रन बनाए । ११६ बलको सामना गरेका उनले ६३ बनाए । कप्तान पारसले ९ चौका प्रहार गरेका थिए ।

यस्तै रोहित कुमार पौडेलले १५ रन बनाए भने नेपालका लागि ‘क्राइसिस म्यान’ मानिएका वसन्त रेग्मीले नेपालको स्कोरलाई अन्य तीन जना ब्याट्समेनसंग साझेदारी गर्दै सयबाट उकालेर १४९ रनमा पुर्याए । उनले ७६ बलको सामना गरेर नटआउट २४ रन बनाए । जसमा एक चौका समावेश थियो । यस्तै सन्दीप लामिछाने ६ तथा ललित राजवंशी ४ रनमा आउट भए ।

यता स्कटल्याण्डका स्टर्ट ह्विीटिंगमले महत्वपूर्ण तीन विकेट लिए । उनले दिलीप नाथ, दिपेन्द्र ऐरी र शरद भेषवाकरलाई दोहोरो अंक छुनै नदिई पेवेलियनको बाटो देखाए ।

जसका कारण नेपाल कमजोर स्कोर बनाउन बाभ्य भयो । १० ओभर बलिङ गरेका उनले ३५ रन खर्चिएर ३ विकेट लिए । यस्तै सफयान सरिफ र अलास्दइर इभानले समान २/२ विकेट लिए । अन्य २ जनाको नाममा १/१ विकेट रह्यो ।